+
+

चिकित्सा शिक्षा विधेयकमा सहमति नजुटेपछि संसद स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १७ गते १३:४८

१७ असार, काठमाडौं । चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयकमा सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ ।

आइतबार दिउँसो प्रतिनिधिसभाको बैठकमा शून्य र विशेष समय लिएर सांसदहरुले बोल्ने क्रम सकिएलगत्तै सभामुख कृष्णबहादुर महराले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए ।

तर चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयकमा नेपाली कांग्रेसले असहमति जनाएपछि बैठक सूचना टाँसेर स्थगित भएको हो । आइतबारको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ पेश गर्ने मूल कार्यसूची रहेको थियो ।

सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पेश गर्ने तय भएको विधेयक सरकारले आफूखुसी संशोधन गरेर ल्याउन लागेको भन्दै विपक्ष कांग्रेसले असन्तुष्टि व्यक्त गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?