+
+

मेक्सिकोका प्रशिक्षक भन्छन्: नेइमारको ‘अभिनय’ लज्जास्पद

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १९ गते १२:१९

काठमाडौं । सोमबार ब्राजिलले विश्वकपको प्रिक्वार्टरफाइनलमा मेक्सिकोलाई २–० ले हराउँदा नेइमारले एक गोल गरे भने अर्को गोलका लागि पास मिलाइदिए । तर, उनको खेलको भन्दा ‘अभिनय’ को बढि चर्चा भइरहेको छ ।

दोस्रो हाफमा मेक्सिकोका मिगुएल लयनले फउल गर्दा नेइमारले असैह्य पीडा भएको जस्तो गरेर छट्पटाए । उनी गम्भीर घाइते भएको अनुमान गरियो । तर, केही बेरमै उनी सद्दे भएर खेल्न थाले ।

मेक्सिकोका प्रशिक्षक हुवा कार्लोस ओसोरिओले नेइमारको ‘अभिनय’ फुटबलका लागि राम्रो उदारहण नभएको बताएका छन् ।

‘यो फुटबलका लागि लज्जास्पद हो । एउटा खेलाडीका कारण हामीले धेरै समय खेर फाल्यौं,’ ओसोरिओले भने, ‘यो उकृष्टताका साथ खेलिने खेल हो, नकि अरुलाई यति धेरै मुर्ख बनाएर ।’

यही घटनाका कारण मेक्सिकोको गति रोकिएको र रेफ्रीले ब्राजिललाई साथ दिएको प्रशिक्षक ओसोरिओको दाबी छ ।

‘यो हेर्नहरुका लागि लज्जास्पद हो । यतिधेरै अभिनय गर्नु हुन्थेन । मलाई लाग्छ यसले हाम्रो गति र शैलीमा असर प¥यो,’ उनले भने ।

खेलका क्रममा रेफ्रीले धेरै पटक ब्राजिलको पक्षमा निर्णय लिएको पनि उनको आरोप छ । खेलमा ब्राजिलियन टिममा सबैभन्दा कमजोर प्रदर्शन नेइमारको भएको बीबीसीले विश्लेषण गरेको छ ।

खेलपछि नेइमारले भने धेरै कुरा गरे पनि मेक्सिको घर फर्केको बताएका छन् ।

‘उनीहरुले मेरोविरुद्ध कदम चाले, जुन न्यायोचित थिएन’ एक टीभीसँग उनले भनेका छन्, ‘उनीहरुले धेरै कुरा गरे तर, अब उनीहरु घर गएका छन् ।’

आफूले आलोचना वा प्रशंसाको धेरै वास्ता नगर्ने भन्दै ब्राजिलियन सुपरस्टार नेइमारले भनेका छन्, ‘मलाई लाग्छ, यो अरुभन्दा मलाई अबमूल्यन गर्ने प्रयास हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?