+
+

नेविसंघको सिंहदरवार घेराउ कार्यक्रम स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १९ गते १३:२०

१९ असार, काठमाडौं । नेपाल विद्यार्थी संघले सिंहदरवार घेराउ गर्ने पूर्वनिर्धारित कार्यक्रमम स्थगित गरेको छ ।

तेस्रो चरणको आन्दोलन कार्यक्रमअनुसार भोलि (बुधबार) सिंहदरबार घेराउ गर्ने काय्रक्रम थियो । तर, गत १७ गतेदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोलाई ध्यानमा राख्दै घेराउ कार्यक्रम स्थगित गरिएको नेविसंघ जनाएको छ ।

बाढीपहिरो पीडितलाई राहत वितरण र उद्दारका लागि खटिने भन्दै तत्कालका लागि घेराउ कार्यक्रम स्थगित गरिएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?