+
+

अक्सफोर्ड कलेजले पायो अन्तर्राष्ट्रिय पेरिस स्टार क्वालिटी अवार्ड 

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १९ गते १९:३०
 

१९ असार, काठमाडाैं । 
मोफसलमा रहेर उत्कृष्ट गुणस्तरीय शिक्षा प्रदान गरेकोे भन्दै चितवनको सिमानसगैँ जोडिएको नवलपुर गैडाकोटको अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेण्टले पेरिस स्टार क्वालिटी अवार्ड हात पारेको छ ।
डेढ दशक देखि गुणस्तरी शिक्षाका लागि मध्य नेपालमा नै उत्कृष्ट रहेको कलेजलाई स्वर्ण वर्गीकरणको पेरिस स्टार क्वालिटी सर्टिफिकेटसगैँ अवार्ड प्रदान गरिएको हो ।
फ्रान्समा आयोजित एक भव्य समारोहका विच अन्तर्राष्ट्रिय विआईडी क्लालिटी कन्भेन्सनमा विश्व स्तरीय शिक्षा नेपालमा पनि प्रदान गरेको भन्दै स्वर्ण अवार्ड कलेजका प्रचार्य हरि भण्डारीलाई दिइएको थियो । उनीसगैँ चितवनका शिक्षाविद् डा। वसन्त अधिकारी समेत सहभागी थिए ।
अठार वर्षदेखि विद्यार्थीलाई विज्ञान र व्यवस्थापन सङ्कायमा इञ्जिनियरिङ् र कम्प्युटर साइन्स पढाउँदै आएको अक्सफोर्डले गुणस्तरीय व्यावसायिक सफलता प्राप्त गरेको हो ।

अतुलनीय व्यावसायिक सफलता, उत्कृष्टतम नेतृत्व र क्युसी १०० गुणस्तर कायम राखेको भन्दै अक्सफोर्ड कलेजलाई पेरिस स्टार क्वालिटी सर्टिफिकेट दिइएको आयोजकले जनाएको छ ।

अठार वर्षदेखि विद्यार्थीलाई विज्ञान र व्यवस्थापन सङ्कायमा इञ्जिनियरिङ् र कम्प्युटर साइन्स पढाउँदै आएको अक्सफोर्डले गुणस्तरीय व्यावसायिक सफलता प्राप्त गरेको भन्दै स्वर्ण उपहार दिइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?