Comments Add Comment

३२ गते साँझ अबेरसम्म बैंक खुला रहने

३१ असार, काठमाडौं । आर्थिक वर्षको अन्तिम दिन सोमबार साँझ अबेरसम्म बैंकहरु खुला रहने भएका छन् । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै क, ख र ग वर्गका बैंक, वित्तलाई ३२ गते सोमबार साँझ अबेरसम्म कारोबार गर्न निर्देशन दिएको हो ।

चालु आर्थिक वर्षको अन्तिम दिन भएकाले राजश्व असुली कार्यका लागि राष्ट्र बैंकले साँझ अबेरसम्म कारोबार गर्न निर्देशन दिएको थियो । यसअघि राष्ट्र बैंकले शनिबार समेत बैंक खुलाउन निर्देशन दिएको थियो ।

सोमबार साझ अबेरसम्म बैंक खुलाउन भने पनि कति बजेसम्म खुला गर्नु पर्ने भनेर राष्ट्र बैंकले समय भने तोकेको छैन ।

यसअघि गत शनिबार पनि बैंकहरुलाई पूरै समय खुल्ला राख्न राष्ट्र बैंकले निर्देशन दिएको थियो ।

हेर्नुहोस् सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment