Comments Add Comment

नोकिया एक्स फाइभ सार्वजनिक हुँदै, के–के छन् फिचर्स ?


नोकिया ब्राण्डको नयाँ स्मार्टफोन नोकिया एक्स फाइभ मंगलबार सार्वजनिक हुँदैछ । नोकिया ब्राण्डको स्वामित्व रहेको एचएमडी ग्लोबल कम्पनीले जुलाई १७ मा नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । यसअघि जुलाई ११ मा एक्स फाइभ सार्वजनिक गर्ने भनिएको भएपछि ६ दिन पछि सारिएको थियो ।

अघिल्लो स्मार्टफोन नोकिया एक्स सिक्स केवल चीनमा मात्रै लञ्च गरिएकोमा नोकिया एक्स फाइभ चाहीँ विश्वभर नै लञ्च गरिनेछ ।

नोकिया एक्स फाइभमा पछिल्लो भाग काँचको हुनेछ भने फुल स्क्रिन डिस्प्ले रहनेछ । फोनमा डुअल रियर क्यामरा तथा फिंगरप्रिन्ट सेन्सर रहेको छ । एलइडी फ्लासलाइट युक्त १३ प्लस २ मेगापिक्सेलवाला डुअल रियर क्यामरा सेटअप रहेको बताइएको छ ।

नोकियाको एक्स फाइभ सुपथ मूल्यको हुने र यो सस्तो र गुणस्तरीय स्मार्टफोनका पारखीहरुको रोजाइमा पर्ने दाबी गरिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment