+
+

पहिरो पन्छाएपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

रासस रासस
२०७५ साउन १७ गते ११:३०
फाइल तस्वीर

१७ साउन, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको छ ।

बिहीबार बिहान ४ बजे भरतपुर महानगरपालिका–२९स्थित घुमाउने र इच्छाकामना गाउँपालिका– ६ जलबिरेमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध सडक बिहान ९ः३० बजेबाट चालु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाउन लागि दुई वटा डोजर प्रयोग गरिएको थियो । सडक सञ्चालनमा आएसँगै पहिरोका कारण रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

सडकको स्तरोन्नतिका क्रममा भित्ता काटिएका कारण जुनसुकै समयमा पहिरो जान सक्ने भन्दै सबैलाई सजग भएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?