Comments Add Comment

जनकपुर भ्रमण वर्ष मनाउने तयारी

२६ साउन, काठमाडौं । सन् २०१९ लाई जनकपुर भ्रमण वर्ष मनाउने तयारी सुरु भएको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र पर्यटनमन्त्री रविन्द्र अधिकारीबीच यसबारे छलफल भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन अघिल्लो वर्षलाई जनकपुर पर्यटन वर्षका रुपमा मनाउन दुबै सहमत भएका छन् ।

त्यसका लागि जनकपुर विमास्थललाई स्तरोन्नोति गर्न मुख्यमन्त्री राउतले आग्रह गरेका छन् । विमानस्थल स्तरोन्नोति गरेर कम्तिमा भारत उडान भर्न सक्ने बनाउनु पर्ने र राजविराज विमानस्थललाई व्यवस्थित बनाउनुपर्ने उनको माग छ ।

मुख्यमन्त्री राउत र पर्यटनमन्त्री अधिकारीबीच प्रदेश २ का पर्यटकीय गन्तव्यहरु जनकपुरधाम, सिम्रौनगढ लगायतको प्रवर्द्धन गर्नेबारे पनि छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment