+
+

अनेसासको अध्यक्षमा राधेश्याम लेकाली विजयी

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ९ गते १४:४८

९ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को १३ औं कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ । चुनावमा राधेश्याम लेकाली अध्यक्षमा विजयी भएका छन् ।

अध्यक्ष पदका लागि लेकाली र गोबर्धन पूजावीच प्रतिस्पर्धा भएको थियो । लेकालीले ५७० मत पाए भने पूजाले ३५९ मत पाए ।

त्यसैगरी महासचिवमा गणेश घिमिरे ५८७ मत पाएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी रामप्रसाद खनालले ३४३ मत पाएका छन् ।

बरिष्ठ उपाध्यक्षमा प्रकाश पौडेल र उपाध्यक्षमा शान्तिराम ढकाल (अमेरिका) र निशा अर्याल एशिया विजयी बनेका छन् । भीमसेन सापकोटा र सुनील संगम ओसेनिया र युरोपका उपाध्यक्ष भएका छन् ।

लाल गोपाल सुवेदी सचिवमा र विकास विष्ट कोषाध्यक्षमा निर्वाचित भएका छन् भने कार्यसमितिको सदस्यमा सानु घिमिरे, लक्ष्मी राई र अग्निप्रसाद पराजुलीले जीत हात पारेका छन् ।

नतिजा हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?