Comments Add Comment

नेपाललाई पाँचौ झड्का, सागर र आरिफको साझेदारी टुट्यो

१३ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेटमा ओमनविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पाँचौ विकेट गुमाएको छ ।

नेपालले ४४.१ ओभरमा आरिफ र सागर पुनको साझेदारी टुटेको हो । शेख ३६ रनमा आउट भएका हुन् । ७४ बलको सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरेका थिए ।

नेपालले अहिले ५ विकेटको क्षतिमा १७७ रन बनाएको छ । क्रिजमा अहिले सागर पुनले ७३ रन बनाएका छन् भने रोहित कुमार पौडेलले उनलाई साथ दिइरहेका छन् ।
यसअघि २२.४ ओभरमा ८० रन बनाउँदा नेपालले चौथो विकेट गुमाएको थियो । चौथो विकेटको रुपमा दीपेन्द्रसिंह ऐरी ९ रनमा आउटका थिए ।

त्यस्तै नेपालले १७ ओभरको अन्तिम बलमा ज्ञानेन्द्र मल्ललाई तेस्रो विकेटको रुपमा गुमाएको थियो । उनले ६० बलमा ६ चौका र १ छक्काको मद्दतमा ४५ रन बनाएर आउट भएका थिए । १५.५ ओभरमा नेपालले ५६ रन बनाउँदा दोस्रो विकेटको रुपमा कप्तान पारस खड्कालाई ८ रनमा गुमाएको थियो । नेपालको पहिलो विकेटको रुपमा सुवास खकुरेल ४ रन आउट भएका थिए ।

नेपाल र ओमनबीचको खेल मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा खेल जारी खेलमा नेपाल ओमनलाई पराजित गर्दै छनोट प्रतियोगितामा शुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ ।

प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमन, युएई, सिंगापुर र हङकङ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment