+
+

आजका पत्रपत्रिकाः प्राध्यापकबाटै त्रिविको प्रश्नपत्र आउट

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २० गते ६:५५

२० भदौ, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरूले प्राध्यापकले नै प्रश्नपत्र आउट गरेकोदेखि मन्त्रीकाे जिम्मेवारी हेरफेर हुनसक्ने भनेर नेकपाका अध्यक्ष प्रचण्डले सार्वजनिक गरेको भनाइलगायत विषयलाई प्रमुखताका साथ छापेका छन् ।

त्यसैगरी, राष्ट्रपतिलाई दबाब दिए ७ वर्ष कैद हुने भएको, रोजगारीका लागि खाडी मुलुक पुगेका ५० हजार नेपाली चेली स्वदेश फर्किन नपाएको, ३३ किलो सुनबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै थन्किएकोलगायत समाचारले पनि आजका पत्रपत्रिकाहरुमा उत्तिकै स्थान पाएका छन् ।

नयाँ पत्रिका दैनिकले आज ‘प्राध्यापकबाटै प्रश्नपत्र आउट’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । समाचार अनुसार एमएड फस्र्ट सेमेस्टर साइकोलोजी विषयको प्रश्नपत्र प्राध्यापकबाटै बाहिरिएको हो । प्रश्नपत्र लिक भएपछि त्रिविले परीक्षा स्थगित गरेको छ ।

त्रिवि, शिक्षाशास्त्र संकाय, साइकोलोजी विषय समितका अध्यक्ष प्रा. होमनाथ भट्टराईले प्रश्नपत्र तयार पारेका हुन् । आफूबाटै प्रश्नपत्र आउट भएको उनले स्वीकारेका छन् ।

नयाँ पत्रिका लेख्छ– आइतबार भएको फाउन्डेसन अफ एजुकेशनको परीक्षामा पनि त्यही प्रश्नपत्र आयो, जुन प्राध्यापक होम भट्टराईले आफ्नो किताबमा नमूना प्रश्नपत्र भनेर छापेका थिए ।

त्रिविमा पटक–पटक यस्ता प्रश्नपत्र आउट हुँदै आइरहेका छन् । यद्यपि, दोषीमाथि कारबाही भएको भने विरलै सुन्ने गरिएको छ ।

कर्मचारीको बढुवाको आधार ९० प्रतिशत ज्येष्ठता र १० प्रतिशत क्षमता हुने अर्को खबर पनि नयाँ पत्रिकामा छ ।

बलात्कारीलाई जोगाएको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझी जनसेवाश्री विभूषणबाट विभूषित भएको अर्को खबर पनि नयाँ पत्रिकामा छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी प्रमुखका रुपमा कार्यरत रहँदा आर्थिक चलखेलका आधारमा बलात्कार गर्ने समूहसँग मिलेर उनले पीडितलाई मिलापत्र गर्न दबाव दिएका थिए । गृह मन्त्रालयले निलम्बन गरी विभागीय कारबाही गरेको थियो ।

३१ जना सांसदले एकल तथा सामूहिक गरी प्रस्तावित गोपनीयता विधेयकको ९० वटा विषयमा संशोधन हालेकोलाई कान्तिपुरले मुख्य समाचार बनाएर छापेको छ ।
ट्राफिक नियम पालना नगर्नेलाई चितवन प्रहरीले कारबाही होइन, चकलेट र खाजा खुवाउन थालेकोलाई कान्तिपुरले एंकर बनाएको छ । ट्राफिक प्रहरीले नियम उल्लंघन गर्नेलाई लज्जावोध गराउन यस्तो जुक्ति निकालेको हो ।

अन्नपूर्णले ५० हजार चेली खाडीबाट घर फर्कन नपाएको लेखेको छ भने राजधानीले त्रिवि परीक्षामा गेस पेपरकै प्रश्नपत्र सोधिएकोलाई मुख्य समाचार बनाएर छापेको छ । गोरखापत्रले राष्ट्रपतिबाट ३४४ जना विभूषित भएकोलाई मुख्य समाचार बनाएको छ ।

नागरिकमा राष्ट्रपतिलाई दबाव दिए सात वर्ष कैद हुने समाचार छ । ३३ किलो सुन तस्करी छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय अनुसन्धान टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको अनुसन्धान प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै थन्किएकोलाई नागरिकले एंकर बनाएको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?