+
+

‘छक्का पन्जा ३’को ‘पहिलो नम्बर’लाई १ करोड भ्यूज, काटियो केक

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २१ गते १३:१२

युटुबमा रिलिज भएको ३६ दिनमा चलचित्र ‘छक्का पन्जा ३’मा समावेश ‘पहिलो नम्बरमा’ बोलको गीतले १ करोड भ्यूज पाएको छ । यो गीतलाई युटुबमा सर्वाधिक रुचाइएको छ । गीत अहिले पार्टी र विभिन्न कार्यक्रममा समेत बज्न थालेको छ । गीतले १ करोड भ्यूज पाएको अवसर पारेर आज काठमाण्डौमा केक काटेर सेलिव्रेशन पनि गरिएको छ ।

दिपक शर्माको संगीतमा तयार भएको यो गीतमा राजेन्द्र थापाको शब्द, डेभिड शंकर र विन्दु परियारको स्वर छ । गीतले १ करोड भ्यूज पाएको र संगीतकार दिपक शर्माको जन्मदिन परेको अवसरमा आज केक काटिएको हो । रेडियो अडियोमा आयोजित कार्यक्रममा चलचित्रका मुख्य कलाकार दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, निर्देशक दीपाश्री निरौला उपस्थित थिए ।

कलाकार तथा निर्माता दिपकराज गिरीले छोटो समयमा नै गीतलाई दर्शकले माया दिनुभएको भन्दै यसपटक चलचित्र पनि अगाडि २ श्रृङ्खला भन्दा फरक रहेको बताए ।

निर्देशक दीपाश्री निरौलाले सबै कलाकारको साथले आज गीत हिट भएको भन्दै चलचित्रले पनि माया पाउने विश्वास व्यक्त गरिन् । चलचित्रको दोश्रो गीत चाडै नै सार्वजनिक गर्ने तयारी गरिएको निर्माणपक्षले बताएको छ । यो चलचित्र दशैंको अवसर पारेर रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?