+
+

पोखराको बेगनास तालमा डुंगा पल्टिँदा दुर्इ जनाकाे मृत्यु, ५ जना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २३ गते १६:०१

२३ भदौ, पोखरा । बेगनासतालमा डुंगा पल्टिँदा दुर्इ जनाकाे मृत्यु भएकाे छ ।  ५ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा लेखनाथ सामुदायिक अस्पतालमा पोखरा–२८ की कृष्णकुमारी बजगाइँ र लेखनाथकी जमुना कडेंल रहेका छन् । 

बजगाइँकाे लेखनाथ सामुदायिक अस्पतालमा र कडेंलकाे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे हाे । 

बेगनासका स्थानीय गणेश कंडेलको घरमा दर खान आएका आफन्तहरु डुंगामा ताल घुम्न गएको एक स्थानीयले जानकारी दिए । डुंगामा ताल घुम्ने क्रममा एक जना बच्चा तालमा खसेको र उनलाई बचाउन खोज्दा डुंगा नै पल्टिएको प्रत्यक्षदर्शीको भनाइ छ ।

ढुंगा पल्टिएको देखेपछि एक जलारी किशोरीले आफन्तसहित पुगेर उद्दार गरेकी थिइन् ।  उद्दार गरिएका सपना खनाल, निशा पौडेलको यतिबेला लेखनाथ समुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

दर खान अाएका अाफन्त सवार डुंगा पल्टिएपछि बेहाेस भएका स्थानीय कमलराज कडेंललार्इ पनि उपचारका लागि अस्पताल पुर्याइएकाे छ । उनी अर्काे डुंगामा सवार थिए । बेपत्ता भएकाहरूकाे खाेजी कार्य भइरहेकाे कास्की प्रहरी प्रमुख तथा प्रवक्ता रवीन्द्र गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?