२९ भदौ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राज्य बलियो बनाउने पक्षमा इमान्दार भएर काम गर्नुपर्ने बताएका छन् ।
निर्माण व्यवसायी महासंघ प्रदेश १ को १२ औं साधारणसभामा उनले कुनै पनि व्यक्ति र संस्थाले राज्यलाई नोक्सानी हुने, ठगी गर्ने कार्य कुनै पनि वाहनामा सैहृय नहुने बताएका हुन् ।
‘यस्तो आनीबानी भए सच्याउनुपर्छ । अहिलेको समयले अब त्यस खालको छुट कसैलाई दिने छैन’ मुख्यमन्त्री राईले भने ।
मुख्यमन्त्री राईले राज्य निर्माणका लागि ऐतिहासिक जिम्मेवारी तीन तहका सरकार प्रमुखमा आएको भन्दै त्यसका लागि सरकार, राजनितिक नेतृत्व र आम नागरिकसमेत इमान्दार भएर राज्यलाई बलियो बनाउने तर्फ अग्रसर हुर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री राईले भने ‘समयलाई बोध गरेर ऐतिहासिक जिम्मेवारीलाई राष्ट्र निर्माणमा लगाउन आवश्यक छ सोही अनुसार प्रदेश सरकार अगाडि बढेको छ, राष्ट्र निर्माण गर्ने कुरामा प्रदेश सरकार जस्तै सबै क्षेत्र इमान्दार भएर लागि पर्नुपर्ने अहिलेको आवश्यकता हुनेछ ।’