+
+

स्याङ्जामा प्रहरी जवानद्वारा गोली हानेर आत्महत्या

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ७ गते १८:४७

७ असोज, स्याङ्जा । जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले आत्महत्या गरेका छन् । आइतबार बजे नवलपरासीको त्रिवेणी नगरपालिका–६ का २५ वर्षीय जीतेन्द्र थापाले आफैँले गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

आत्महत्या गर्नुका कारणबारे थाहा नभएको र यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक थापाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घटनाका बारेमा परिवारलाई जानकारी गराइसकेको र परिवार आएपछि मात्र शव परीक्षण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?