Comments Add Comment

पोखरामा बालिका मृत फेला

९ असोज, कास्की । पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दीभुम्दीमा बालिका मृत अवस्थामा भेटिएकी छन् । सोमबार अपरान्ह साढे ५ बजेबाट सम्पर्कविहीन भएकी १० वर्षीया बालिका श्रीया विक मंगलबार बिहान मृत भेटिएकी हुन् ।

विद्यालयबाट फर्किने क्रममा उनी सम्पर्कविहीन भएकी थिइन् । उनको शव घर नजिकै भेटिएको र थप अनुसन्धान सुरु गरेको कास्की प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment