+
+

गोरो छाला भएकामात्रै पर्यटक होइनन् : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १० गते १४:४८

१० असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पञ्चायतकालीन ऐनका कारण पर्यटन उद्योग फस्टाउन नसकेको बताएका छन् ।

‘२०२९ सालका, २०४० सालका ऐनले नै अहिले पनि पर्यटन क्षेत्रलाई गाइड गरिरहेको छ । त्यसले अहिलेको परिवर्तनलाई संबोधन गर्न सक्दैन’, नेपाल पर्यटक यातायात व्यवसायी संघको १५ औँ साधारणसभामा अध्यक्ष प्रचण्डले भने, ‘पञ्चायतकालीन ऐनका कारण पर्यटन उद्योग फस्टाउन सकेको छैन ।’

अध्यक्ष प्रचण्डले आन्तरिक पर्यटनलाई प्रवर्द्धन नगरी बाहृय पर्यटकको संख्या मात्रै बढाउन खोज्नु उपयुक्त नभएको उल्लेख गरे । ‘पर्यटक भनेको गोरो छाला भएकाहरु मात्रै हो भन्ने ठान्नु भएन’, उनले भने, ‘आन्तरिक पर्यटन नफस्टाई बाहृय पर्यटन फस्टाउँदैन भन्ने भुल्नु हुँदैन ।’

अध्यक्ष प्रचण्डले सरकारले लगानीकर्तालाई प्रतिफलको समेत सुनिश्चितता गर्न सक्नुपर्ने बताए । ‘व्यवसायीलाई प्रोत्साहन गर्ने, सुरक्षाको ग्यारेण्टी र प्रतिफलको सुनिश्चितता गर्न सक्नुपर्छ’, उनी भन्छन् ।

राज्यले व्यवसायीलाई दुहुनु गाईका रुपमा लिएर जति सक्दो दुहुने वा कमाउनै आएका हुन भनेर सकेसम्म निचोर्ने संस्कार त्याग्नुपर्ने प्रचण्डले बताए । उनले व्यवसायीले समेत सकेसम्म कर छल्न नहुने धारणा राखे ।

६ महिनाभित्र नयाँ पर्यटन ऐन : पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले ६ महिनाभित्र नयाँ पर्यटन ऐन ल्याउने बताए । पुरानो ऐन ८० प्रतिशतसम्म संशोधन गर्नुपर्ने भएकाले नयाँ ऐन नै ल्याउन लागिएको उनले जानकारी दिए ।

नयाँ ऐनले पर्यटन क्षेत्रमा भएका अराजकता रोक्ने र सबैलाई करको दायरमा ल्याउने उनले विश्वास व्यक्त गरे । मन्त्री अधिकारीले पर्यटन क्षेत्रमा ढुक्कसँग लगानी गर्न आग्रह गर्दै राज्यले सुरक्षा दिने बताए ।

‘म ढुक्कले लगानि गर्न आग्रह गर्छु’, उनले भने, ‘व्यवसायको सुरक्षा र प्रतिफलको सुनिश्चितता गर्नु राज्यको दायित्व हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?