Comments Add Comment

बलिउड स्टार जसले सरोगेसीबाट सन्तान सुख पाए

हालै बलिउड अभिनेत्री लीजा रे जुम्ल्याहा बच्चाकी आमा बनेकी छन् । ४६ वर्षको उमेरमा उनलाई सरोगेसीमार्फत सन्तान सुख प्राप्त भएको हो । आमा बनेको तीन महिनापछि मात्र उनले इन्स्टाग्रामबाट यसको जानकारी दियन् । जोन अब्राहमसँगड फिल्म ‘वाटर’ मा काम गरेकी लिजा रेलाई सन् २००९ मा ब्लड क्यान्सर भएको थियो । उनले सन् २०१० मा यो खतरनाक रोगबाट छुट्कारा पाएकी थिइन् । यद्यपि, पूर्णरुपमा भने ठिक भएकी छैनन् ।
सन् २०१२ मा लीजाले विजनेसम्यान जेसन देहनीसित बिहे गरेकी थिइन् । बिहे गरेको करिब ६ वर्षपछि उनी आमा बनेकी हुन् ।

लिजाजस्ता सरोगेसीबाट बच्चा पाउने सेलिबि्रटीहरु बलिउडमा अरु पनि छन् । को हुन् त उनीहरु:

१ शाहरुख खानः
बलिउडमा सरोगेसीमार्फत बच्चा जन्माउने सिलसिला सबैभन्दा अगाडि शाहरुख खान र गौरी खानले सुरु गरेका हुन् । उनीहरुले आफ्नो तेस्रो सन्तान सरोगेसीमार्फत पाएका थिए । आफ्नो बच्चाको नाम उनीहरुले अबराम राखेका छन् ।

२. आमिर खान
आमिर खानले आफ्नी दोस्रो पत्नी किरण रावसित मिलेर सरोगेसी सेलिब्रिटी एजेन्सीलाई सम्पर्क गरे र एक छोराको सुख प्राप्त गरे ।

३. सोहेल खान
सलमान खानका भाई सोहेल र उनकी पत्नी सीमाको पहिले एक छोरा थिए । तर, पहिलो सन्तान भएको १० वर्षपछि उनीहरुले अर्को बच्चा सरोगेसीमार्फत जन्माए ।

४. तुषार कपुर
बलिउड अभिनेता तुषार कपुरले अहिलेसम्म बिहे गरेका छैनन्, तर उनी सेरोगेसीबाट एक बच्चाको बाबाु बनिसकेका छन् । उनले भिट्रो फर्टिलाइजर (आइवीएफ) पद्धतीबाट बच्चा पाएका हुन् ।

५. करण जौहर
निर्देशक करण जौहर पनि अविवाहित पिता हुन् । गत वर्ष मार्चमा उनले टि्वटरमा आफू जुम्ल्याहा बच्चाको बाबु बनेको खबर सार्वजनिक गरेका थिए । उनका सरोगेसीमार्फत एक छोरा र एक छोरी छन् ।

६. सन्नी लियोनी
पोर्न इन्डष्ट्रीबाट बलिउडमा आएकी अभिनेत्री सन्नी लियोनीले पनि सरोगेसीबाट जुम्ल्याहा बच्चा पाएकी छन् । यसबाहेक उनले एउटी छोरीलाई धर्मपुत्री पनि बनाएकी छन् । तीनवटै सन्तानलाई उनी निकै माया गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment