+
+
Shares

डलर अर्बपतिको सूचीमा शाहरुख खान, कुल सम्पत्ति १.३ अर्ब डलर पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेता शाहरुख खान पहिलोपटक ‘हुरुन ग्लोबल रिच लिस्ट २०२६’ मा १.३ अर्ब अमेरिकी डलर सम्पत्तिसहित समावेश भएका छन्।
  • भारत ३०८ अर्बपतिसहित सूचीमा तेस्रो स्थानमा छ भने चीन र अमेरिका क्रमशः पहिलो र दोस्रो स्थानमा छन्।
  • शाहरुखको नयाँ फिल्म ‘किङ’ २४ डिसेम्बर २०२६ मा प्रदर्शन हुने तयारीमा छ र यसमा छोरी सुहानाले डेब्यु गर्नेछिन्।

मुम्बई । बलिउड अभिनेता शाहरुख खान पहिलोपटक ‘हुरुन ग्लोबल रिच लिस्ट २०२६’ मा समावेश भएका छन् । विश्वभरका अमेरिकी डलर अर्बपतिको सूचीमा उनलाई समेटिएको हो ।

विवरणअनुसार, खानको कुल सम्पत्ति करिब १.३ अर्ब अमेरिकी डलर रहेको उल्लेख छ । यो सूची मार्च ५ मा सार्वजनिक गरिएको हो र सम्पत्तिको गणना भने जनवरी १५ सम्मको तथ्यांकका आधारमा गरिएको छ ।

यस सूचीमा भारत ३०८ अर्बपतिसहित तेस्रो स्थानमा छ । चीन र अमेरिका क्रमशः १११० र १००० अर्बपतिसहित पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

सूचीमा समावेश भएका सेलिब्रेटी अर्बपतिबारे बोल्दै हुरुन रिपोर्टका अध्यक्ष तथा प्रमुख अनुसन्धानकर्ता रुपर्ट हुगेवेर्फले भनेका छन् कि सन् २०२६ को हुरुन सूचीले सेलिब्रेटी सम्पत्तिको क्षेत्रमा एक महत्वपूर्ण मोड देखाएको छ ।

उनका अनुसार ब्रान्ड र प्रविधिमा गरिएको रणनीतिक स्वामित्वले परम्परागत पारिश्रमिकभन्दा धेरै प्रभावशाली नतिजा दिएको देखिन्छ ।

सूचीमा संगीत क्षेत्रका चर्चित कलाकार जे-जेड (२.८ अर्ब अमेरिकी डलर), टेलर स्विफ्ट (१.६ अर्ब डलर) र रिहाना (१.५ अर्ब डलर) समावेश छन् । त्यस्तै खेलकुदका दिग्गज माइकल जोर्डन (३.६ अर्ब डलर) र टाइगर वुड्स (१.९ अर्ब डलर) पनि सूचीमा छन् ।

यो वर्षको सूचीले नयाँ अर्बपति सेलिब्रेटी पनि थपेको छ । जसमा ब्रुस स्प्रिङस्टिन, शाहरुख खान र म्याजिक जोन्सन जस्ता व्यक्तित्वहरू पहिलोपटक समावेश भएका छन् ।

कामको कुरा गर्दा, शाहरुख अहिले आफ्नो नयाँ एक्सन-थ्रिलर फिल्म ‘किङ’ को छायांकनमा व्यस्त छन् । यस फिल्मका लागि उनी ‘पठान’ निर्देशक सिद्धार्थ आनन्दसँग फेरि सहकार्य गर्दैछन् । यही फिल्मबाट छोरी सुहानाले ठूलो पर्दामा डेब्यु गर्ने भएकी छन् ।

सुहानाले यसअघि निर्देशक जोया अख्तरको फिल्म ‘द आर्चिज’ मार्फत अभिनय यात्रा सुरु गरेकी थिइन् । यो फिल्म सन् २०२३ मा ओटीटी प्लेटफर्म नेटफ्लिक्समा सार्वजनिक भएको थियो ।

सोही फिल्मबाट अमिताभ बच्चनका नाति अगस्त्य नन्दा र स्वर्गीय अभिनेत्री श्रीदेवीकी छोरी खुशी कपूरले पनि अभिनयमा डेब्यु गरेका थिए । पछि खुशी र अगस्त्यले क्रमशः ‘लभेयापा’ (२०२५) र ‘इक्किस’ (२०२६) मार्फत पहिलो पटक थिएटरमा प्रदर्शन भएका फिल्ममा मौका पाए ।

‘किङ’ मा शाहरुख र सुहानासँगै रानी मुखर्जी, दीपिका पादुकोण, अभिषेक बच्चन, अनिल कपूर, ज्याकी श्रफ, अरशद वार्सी, जयदीप अहलावत, अभय वर्मा, राघव जुयाल, अक्षय ओबेरोई र सौरभ शुक्लाजस्ता कलाकार पनि देखिनेछन् । फिल्ममा अभिषेक बच्चन खलनायकको भूमिकामा देखिने बताइएको छ ।

शाहरुख खान र गौरी खानको कम्पनी रेड चिलिज इन्टरटेनमेन्ट तथा सिद्धार्थ आनन्दको माफ्र्लिक्स पिक्चर्सले निर्माण गरेको यो फिल्म २४ डिसेम्बर २०२६ मा प्रदर्शन हुने तयारीमा छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?