+
+
Shares

सुरक्षा चुनौतीको कारण शाहरुखले स्थगित गरे मन्नतमा प्रशंसकको स्वागत कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते १९:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड स्टार शाहरुख खानले सुरक्षा अधिकारीको आग्रहपछि आफ्नो निवास मन्नत बाहिर प्रशंसकलाई स्वागत गर्ने कार्यक्रम स्थगित गरेको जानकारी दिएका छन्।
  • शाहरुखले सामाजिक सञ्जाल एक्समार्फत भीड नियन्त्रण समस्याका कारण बाहिर निस्कन नसक्ने र सबैको सुरक्षाका लागि यो निर्णय गरिएको बताएका छन्।
  • उनले आफ्नो प्रत्येक जन्मदिनमा मन्नतको बालकोनीबाट फ्यानलाई अभिवादन गर्दै आएका थिए, तर यसपटक मर्मतसम्भारका कारण त्यो परम्परा तोडिएको छ।

मुम्बई । सुरक्षा अधिकारीको आग्रहपछि बलिउड स्टार शाहरुख खानले आफ्नो निवास मन्नत बाहिर प्रशंसकलाई स्वागत गर्ने कार्यक्रम स्थगित गरेको जनाएका छन् ।

शाहरुखले आइतबार बेलुका सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएका छन् । आफ्ना प्रिय स्टारको एक झलक पाउन र उनलाई जन्मदिनको शुभकामना दिन आइतबार बिहानैदेखि अबेरसम्म मुम्बईस्थित मन्नत निवासबाहिर फ्यान जम्मा भएका थिए ।

‘मलाई अधिकारीहरूले सल्लाह दिएका छन् कि म बाहिर निस्केर मेरो प्रतीक्षामा बसेका सबै प्यारा मानिसहरूलाई अभिवादन गर्न सक्दिन’ शाहरुखले लेखेका छन्, ‘तपाईंहरू सबैसँग म हार्दिक माफी चाहन्छु तर भीड नियन्त्रण समस्याहरूको कारणले गर्दा यो सबैको समग्र सुरक्षाको लागि हो भनेर जानकारी गराइएको छ ।’

उनी अघि लेख्छन्, ‘बुझिदिनुभएकोमा धन्यवाद र मलाई विश्वास गर्नुहोस् । म तपाईंलाई धेरैभन्दा धेरै सम्झिरहेको छु । तपाईंहरू सबैलाई भेट्न र माया बाँड्न उत्सुक थिएँ । तपाईंहरू सबैलाई माया गर्छु ।’

भीड नियन्त्रणमा चुनौती आउन सक्ने कारण देखाउँदै मुम्बईका सुरक्षा अधिकारीहरूले खानलाई मन्नत बाहिर नआउन भनेका थिए । मन्नतको मर्मतसम्भार चलिरहेकाले फ्यानलाई भेट्न भन्दै शाहरुख अलिगढबाट कारगेढसहित आइतबार अपरान्ह मन्नत पुगेका थिए ।

उनले आफ्नो प्रत्येक जन्मदिनमा मन्नतको बालकोनीबाट फ्यानलाई अभिवादन गर्दै आएका छन् । यसपटक भने, त्यो परम्परा तोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?