Comments Add Comment

आफ्नो शरीरमा रहेको क्यान्सर जिन्सबारे ८० प्रतिशत मानिसलाई थाहै हुँदैन

विश्वभरमा क्यान्सर रोगीको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । तिव्र रुपमा फैलिरहेको यस प्राणघातक रोकको चपेटामा परेर करोडौं मानिसहरुले आफ्नो ज्यान गुमाईसकेका छन् । क्यान्सर रोगको सबैभन्दा दुखलाग्दो र दुर्भाग्यको कुरा के हो भने धेरैजसो मानिसहरुलाई आफूलाई लागेको क्यान्सररोगको बारेमा अन्तिम चरणमा मात्रै थाहा हुन्छ । यति ढिलो थाहा हुनाले उपचार गराउन पनि असम्भव हुन्छ ।

८० प्रतिशत मानिसहरुलाई क्यान्सर जिन्सबारे थाहै हुँदैन

क्यान्सरको बारेमा ५० हजार मानिसहरुमा गरिएको एक नयाँ अध्ययन अनुसार विश्वभरमा ८० प्रतिशत मानिसहरुलाई आफ्नो जेनेटिकल्ली क्यान्सरको खतराको बारेमा थाहै नहुने पत्ता लाग्यो ।

क्यान्सरको बारेमा समयमै थाहा नहुनाको प्रमुख कारण नियमित परिक्षणको अभाव हो । धेरैजसो मानिसहरुलाई क्यान्सर डायग्नोसिस पछि नै आफ्नो जिनमा क्यान्सरसँग सम्बन्धित भेरियन्ट्स भएको बारेमा थाहा हुन्छ ।

यस्तो हुनुको कारण धेरै मानिसहरुले नियमित स्वास्थ्य परिक्षण गराउँदैनन् । यस बारेमा अध्ययन गरेका अमेरिकाको येल युनिभर्सिटीका प्रोफेसर माइकल मुरेका अनुसार धेरैजसो मानिसहरुलाई ठूलो र गम्भिर स्वास्थ्य समस्या नदेइकिकन आफ्नो नियमित परिक्षण गर्दैनन् ।

१८ प्रतिशत मानिसहरुलाई थियो क्यान्सरको जानकारी

यो अध्ययनमा सहभागीहरुमध्ये २७६ मानिसहरुमा ‘बिआरसीए रिस्क भेरियन्ट’ रहेको थियो । जसमध्ये १८ प्रतिशत मानिसलाई यस अध्ययन भन्दा पहिले नै आफूमा भएको क्यान्सर रिस्क फ्याक्टरको बारेमा थाहा थियो । तर, यो शोधको नतिजा आउनभन्दा पहिला नै ‘बिआरसीए पोजेटिभ’ मानिसहरु मध्ये ४७ प्रतिशतलाई बिआरसीएसँग सम्बन्धित क्यान्सर लागिसकेको थियो ।
मुरेका अनुसार क्यान्सर जोखिमको पहिचान भएपछि सुरुवाती डायग्नोसिस र रोकथामको लागि कदम अगाडि बढाउन सकिन्छ ।

क्यान्सर रोगको मामिलामा यो २९ प्रतिशतको फरकलाई एक कदममा परिवर्तन गर्न सकिन्छ । जिनोमिक स्कि्रनिङको माध्यमले क्यान्सरबाट हुने मृत्युको तथ्यांकलाई कम गर्न मद्धत मिल्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment