+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

चीनले म्यानमारमा पनि बनाउने भयो बन्दरगाह

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २४ गते १०:२३

२४ कात्तिक, काठमाडौं । चीनले म्यानमारमा बन्दरगाह बनाउन अबौं डलरको डिल गरेको छ । यो बन्दरगाह क्याप्यू शहरमा बनाइनेछ, जुन बंगालको खाडीबाट अलग भएको छ ।

लगानीबारे सहमति जुटेपछि दुई देशका अधिकारीहरुले सहमतिमा हस्ताक्षर गरेका हुन् ।

ग्लोबल टाइम्सका अनुसार परियोजनामा चीनले ७० प्रतिशत लगानी गर्नेछ भने बा“की ३० प्रतिशत म्यानमारले जुटाउनेछ । सुरमा म्यानमारले १५ प्रतिशत मात्र लगानी गर्ने प्रस्ताव गरिएको थियो ।

तर, पश्चिमी राखिन राज्यका स्थानीय र म्यानमारका धेरैले त्यसको विरोध गरे । यो देशका लागि अनुचित हुुने मत बलियो देखिएपछि म्यानमार सरकार लगानी बढाउन तयार भएको हो ।

बेल्ट एण्ड रोड प्रोजेक्ट अन्तरगत हिन्द महासागरमा आफ्नो उपस्थिति बलियो बनाउन लागेको चीनले बन्दरगाह निर्माण गरिरहेको छ ।

यसअघि चीनले पाकिस्तानको ग्वादर बन्दरगाह विस्तार थालेको थियो भने श्रीलंकाको हन्बनटोटा बन्दरगाह ९९ वर्षका लागि भाडामा लिएको छ ।

बंगलादेशको चिटगोङ बन्दरगाहका लागि पनि चीनले आर्थिक सहयोग गरेको छ ।

चीनले छिमेकी देशहरुमा तेस्रो बन्दरगाह बनाउने भएपछि भारतमा भने चिन्ता व्यक्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?