+
+

भृकुटीमण्डपमा विप्लवको सभा, ऋषि कट्टेलदेखि सीपी मैनालीसम्मलाई निम्तो

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ८ गते ८:४०

८ मंसिर, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजधानीको भृकुटीमण्डपमा आज जनसभा गर्दैछ । पार्टी पुनर्गठन दिवसको सन्दर्भ पारेर नेकपाले जनसभा आयोजना गरेको हो ।

यसअघि पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनसभालाई सम्बोधन गर्ने बताइए पनि उनी भने सहभागी नहुने भएका छन् । अन्तिम घडीमा विप्लव सहभागी हुने कार्यक्रम स्थगित गरिए पनि कारण खुलाइएको छैन ।

विप्लवको अनुपस्थितिमा हुन लागेको सभालाई पार्टी प्रवक्तासमेत रहेका स्थायी कमिटी सदस्य प्रकाण्डलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

नेकपामा अनुसार, विभिन्न राजनीतिक दलका नेताहरुलाई पनि जनसभामा निमन्त्रणा गरिएको छ । नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा माओवादी केन्द्रका गोपाल किराती र नेकपा अध्यक्ष ऋषि कट्टेललगायतलाई नेकपाले निम्तो दिएको हो । माले महासचिव मैनालीले नेकपाद्वारा आयोजित सभाका लागि निम्तो आएकाले सहभागी हुन लागेको जानकारी दिए ।

जनसभाअघि विभिन्न स्थानबाट झाँकीसहितको र्‍याली निकालिने छ । लैनचौर, बबरमहललगायतको स्थानबाट निस्कने र्‍यालीलाई विभिन्न नेताहरुले नेतृत्व गर्ने नेकपाले जनाएको छ । बबरमहलको र्‍यालीलाई पोलिटब्यूरो सदस्य तथा केन्द्रीय जनपरिषदका उपप्रमुख पदम राई, लैनचौरको र्‍यालीलाई केन्द्रीय जनप्रतिनिधिसभाकी अध्यक्ष उमा भुजेल, कालीमाटीको र्‍यालीलाई गम्भीरलगायतका नेताले नेतृत्व गर्ने जनसभा प्रचारप्रसार उपसमिति संयोजक मिलनले जानकारी दिए ।

जनसभालाई लक्षित गरी काठमाडौंमा सुरक्षा निगरानी बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?