+
+

फेयरफिल्ड म्यारियटमा दक्षिण भारतीय फुड फेस्टिवल

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ११ गते १८:५६

११ मंसिर, काठमाडौं । काठमाडाैंकाे  ठमेल स्थित फेयरफिल्ड म्यारियट होटलमा दक्षिण भारतीय फुड फेस्टिवल चलिरहेको छ । मंसिर ७ गतेबाट शुरु भएको १० दिने फुड फेस्टिवल मंसिर १६ गतेसम्म चल्नेछ ।

फेस्टिवलको उद्घाटन नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पूरीले गरेका थिए ।

फेस्टिवलमा म्यारियट हृवाइटफिल्ड बैंगलोरका अतिथी सेफ थिरुमल मोहनको नेतृत्वमा सेफहरुले विभिन्न दक्षिण भारतीय परिकारहरुको स्वाद पस्किएका छन् ।

फेस्टिवलमा भारतीय दूतावास अन्तर्गतको भारतीय साँस्कृतिक केन्द्रका विद्यार्थी र कलाकारहरुले साँस्कृतिक प्रस्तुती पनि दिएको होटलले जनाएको छ ।

दक्षिण भारतका पाँच प्रदेशहरु आन्ध्र प्रदेश, कर्नाटक, केरला, तामिलनाडु र तेलंगानामा लोकपि्रय परिकारहरु मेनुमा समावेश भएको होटलले जनाएको छ ।

फेस्टिवलमा एक जनाको लागि टिकटदर दुई हजार १९९ रुपैंया राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?