Comments Add Comment

ए डिभिजन लिगः आर्मीलाई दोस्रो स्थानमा उक्लिने मौका

२० मंसिर, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज नेपाल आर्मी क्लबले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दै छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज ११ बजे आर्मीले फ्रेन्ड्स क्लबसँग खेल्न लागेको हो । लिगको चौथो स्थानमा रहेको आर्मीले आजको खेल जिते दोस्रो स्थानमा उक्लिने छ ।

अपराजित यात्रालाई निरन्तर कायम राखेको आर्मीले पाँच खेलमध्ये चार खेलमा जित र एक खेलमा बराबरी खेलेको छ ।
फ्रेन्ड्स क्लबले भने पाँच खेलमध्ये एक खेलमा जित, एक खेलमा बराबरी र तीन खेलमा हार ब्यहोरेको छ ।

आजको खेलमा आर्मी स्पष्ट जितको खोजिमा रहेको छ भने आर्मीलाई रोक्ने रणनीतिमा फ्रेन्ड्स क्लब रहेको छ ।

त्यस्तै, आजै हुने दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्बलले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दै छ । दुबै टिम जितको खोजिमा हुनेछन् ।

लिगको शीर्ष स्थानमा मनाङ मस्र्याङ्दी १८ अंक बनाउँदै रहेको छ । त्यस्तै, दोस्रो स्थानमा भने थीस्टार रहेको छ । थ्रीस्टारको १५ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment