+
+

सानिमा बैंकको १४अाैं साधारणसभा सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २७ गते १७:५७

२७ मंसिर, काठमाडाैं । सानिमा बैंककाे बिहीबार १४ औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । बैंकले साधारणसभाबाट यस अगाडि सञ्चालक समितिले घोषणा गरेको १४ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

साधारणसभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट भरतकुमार पोखरेल र महेश घिमिरेलार्इ निर्विरोध सञ्चालक चयन गरेको छ । बैंकले गत आर्थिक वर्षमा एक अर्ब ७० करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकले ७९ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरि ६९ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गरेको थियो। कुल सम्पत्ती भने ९१ अर्ब ८२ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?