+
+

घुस माग्ने कम्पनी रजिस्टारको कार्यालयका कर्मचारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २८ गते १५:०९

२८ मंसिर, काठमाडौं । कम्पनी रजिष्टारको कार्यालय, त्रिपुरेश्वरका कम्प्युटर अपरेटर पक्राउ परेका छन् ।

करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयले कम्पनीमा कायम रहन आएका शेयरधनीहरुको शेयर लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा पुगेको अख्तियारको टोलीले आत्रेयलाई उनकै कार्यकक्षबाट पक्राउ गरेको हो । अख्तियारले घुस मिलाउन बिचौलियाको काम गर्ने सरिता कार्कीलाई पनि पक्राउ गरेको छ । उनीहरुले ७ हजार घुस लिइसकेको अख्तियारको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?