+
+

अस्पतालमा रङ लगाउन तीन दिनदेखि खुला चौरमा उपचार

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २ गते १४:२५

२ पुस, हुम्ला । जिल्ला अस्पताल हुम्लामा उपचार गर्न आउने बिरामीले खुल्ला चउरमा उपचार गर्दै आएका छन् । गाउँघरमा रहेका स्वास्थ्य चौकीमा उपचार हुन नसेकपछि जिल्ला अस्पताल आउने बिरामीले दुई दिनदेखि जिल्ला अस्पतालको खुल्ला चउरमा उपचार गर्दै आएका छन्

जिल्ला अस्पतालले बिरामीलाई चाँज गर्दै आएको एक कोठामा रङ्ग लगाउने कार्य भइरहेकाले बिरामीलाई गत शुक्रबारदेखि खुल्ला चउरमा सेवा दिँदै आएको जिल्ला अस्पतालका चिकित्सक टसी लामाले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयमा भवन भए तापनि प्रयोगमा नल्याएको हुँदा अन्य भवनमा सार्नुपर्ने झन्झटले केही दिनका लागि बिरामीलाई खुल्ला चउरमा उपचार गरिने उनको भनाइ छ ।

जिल्ला स्वास्थ्य कार्यालयमा दैनिक ३० देखि ४० बिरामी परीक्षण गर्न आउने गरेको उनले बताए । दैनिक झाडापखाला, रुघाखोकीका बिरामी उपचार गर्न आउने गरेको डाक्टर लामाले बताए । पछिल्लो समय जिल्ला अस्पताल हुम्लामा औषधिको पनि अभाव देखिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?