+
+

एसपी तामाङको ‘नाता’मा अञ्जु पन्त

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ४ गते ७:४७

काठमाडौं । गीतकार एवम् नेपाल प्रहरीका एसपी टेक तामाङको चौथो गीति एल्वम ‘नाता’ बजारमा आएको छ । अनुश्री पाख्रिनको प्रस्तुति रहेको एल्वममा ८ गीत समावेश छन् ।

एल्बममा अञ्जु पन्त, संगीता राणा प्रधान, मेलिना राई, जिना रसायली, दीपा लामा र ओङमु लामा शेर्पाले गाएका गीतहरु संग्रहित छन् । यसैगरी अर्जुन पोखरेल, किशोर खतिवडा, कन्काइष्ट राई, पावल चाम्लिङ र बुद्ध स्याङ्बा लामाले संगीत दिएका छन् ।

नेपाल प्रहरीमा व्यस्तताको बाबजुत पनि टेक तामाङले राष्ट्रिय, लोक, आधुनिक, लोकपप शैलीका एक हजारभन्दा बढी गीत लेखिसकेका छन् ।

नाता एल्बममा संग्रहित गीतहरुमध्ये अञ्जु पन्तको स्वरमा रहेको ‘तिमीलाई माया गर्छु’ गीतको म्युजिक भिडियो पनि बनाइएको छ ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?