Comments Add Comment

दोस्रो न्यू डायमण्ड कप खुल्ला राष्ट्रिय महिला भलिबल पुस अन्तिम सातादेखि

५ पुस, काठमाडौं । दोस्रो न्यू डायमण्ड कप खुल्ला राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुसमा हुने भएको छ ।

आयोजक न्यू डायमण्ड स्पोर्टस् क्लबले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिता पुस २५ देखि २८ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । पहिलो संस्करणको मिति भन्दा यो पटक करिब एक महिना अघि प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा ६ देखि आठ टिमले भाग लिनेछन् तर अहिले नै सबै टिमको टुंगो भने लागिसकेको छैन । गत वर्षको पहिलो संस्करणमा न्यू डायमण्ड, आर्मी, एपीएफ र पोखराको टप्सले भाग लिएका थिए । यो पटक भने टिम पहिलेको भन्दा बढी टिमले भाग लिने छन् ।

पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक कुमार राईले यो पटक प्रतियोगिताको पुरस्कार राशी पनि बृद्धि गरिएको र प्रतियोगिताको सम्पूर्ण तयारी भइरहेको बताए ।

प्रतियोगिताको विजेताले तीन लाख एक हजार नगदसहित ट्रफी हात पार्ने छ । त्यस्तै, उपविजेताले दुई लाख एक हजार, तेस्रो हुनेले एक लाख एक हजार र चौथो हुनेले ५१ हजार नगद हात पार्ने छन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै, विधागततर्फ स्पाएकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ५–५ हजारका दरले नगद प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment