+
+

नेपाल जेसीजको अध्यक्षमा महेश पौडेल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १० गते १२:०५

१० पुस, जनकपुर । नेपाल जेसीज वर्ष २०१९ को अध्यक्षमा महेश पौडेल निर्वाचित भएका छन् । जनकपुरमा सम्पन्न ४५ औं राष्ट्रिय महाधिवेशनबाट प्रतिद्वन्दी सुदीपराज भण्डारीलाई पराजित गर्दै इटहरी जेसीजका पौडेल विजयी भएका हुन् ।

कार्यकारिणी उपाध्यक्षमा रविन पोखरेल, श्यामसुन्दर पाैडेल, रमेश चन्द्र भुसाल, र अमेश ढकाल विजयी भएका छन्।

राष्ट्रिय उपाध्यक्ष पदमा मोहनलाल डाँगी, रूक्मणी सिग्देल, लालमणि भण्डारी, भोजराज चापागाई, इनु थापा, सुमन कृष्ण श्रेष्ठ, हरिकुमार शर्मा, कमल भण्डारी, गोकुल सापकोटा, कृष्णप्रसाद अर्याल र दिनेश बोहरा विजयी भएका छन् ।

शनिबारदेखि जनकपुरमा सुरू भएको राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ३१ जनाले उमेदवारी दिएका थिए ।

नवनियुक्त अध्यक्ष पाैडेलले लाखौं युवाहरूको मन मस्तिष्कमा बस्न र समाज परिवर्तनको लागि नयाँ र बिशिष्ट कार्ययोजनाको साथ अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?