Comments Add Comment

गोजीमा राखेको आइफोन एक्स एस म्याक्स पड्कियो

अमेरिकाको ओहियोमा एकजना आइफोन प्रयोगकर्ताले आफ्नो गोजीमा राखेको आइफोन एक्स एस म्याक्स पडि्कएको छ ।

ओहियोमा बस्ने जोस हिल्लार्डले गत डिसेम्बर १२ मा आफ्नो गोजीमा रहेको आइफोन पड्किएर आगो लागेको दाबी गरेका छन् ।

गोजीमा रहेको आइफोनबाट धुवाँ निस्किएको र निकै तातो तातेर आफ्नो छाला नै पोलेको उनले बताएका छन् ।

त्यसपछि तत्कालै आफू दौडिएर पाइन्ट फुकालेर फ्याँकेको उनले उल्लेख गरेका छन् । पछि आगो निभाउने कम्पनीका मानिसहरु आएर आगोको लप्का निभाएको दाबी पनि उनकेा छ ।

सोही दिनको साँझ उनी त्यो जलेको आइफोन लिएर एप्पल स्टोरमा गए । तर, एप्पल स्टोरमा आफुप्रति देखाइएको गैरजिम्मेवार व्यवहारबाट उनी असन्तुष्ट भए । आफूलाई २० मिनेटसम्म एप्पल स्टोरका कर्मचारीले प्रश्न सोधिरहेको र आफ्नो फोन फिर्ता पाउन थप ४० मिनेट कुर्नुपरेको उनले बताएका छन् ।

एप्पल स्टोरका व्यवस्थापकले ती गोजीमा पड्किएको भनिएको आइफोन एक्स एस म्याक्सलाई परीक्षणका लागि एप्पलको इन्जिनियरिङ टिमसमक्ष पठाउनुपर्ने बताए । विज्ञले परीक्षण गरेर रिपोर्ट दिएपछि मात्र उनलाई पड्किएको आइफोनको साटो नयाँ आइफोन दिन सकिने बताएका थिए ।

हिल्लार्ड निरास भएर घर फर्किए । त्यसपछि उनले एप्पलको केयर लाइनमा फोन गरे । अन्ततः उनले नयाँ आइफोन प्राप्त गरे । तर, यतिबाट मात्र उनी सन्तुष्ट भएनन् । आफुलाई जलेका कपडा, जुत्ता तथा आइफोन पड्केपछि भोग्नुपरेको कठिन समयको पनि क्षतिपूर्ति दिनुपर्ने उनको माग छ ।

आफुले यसका लागि एप्पलविरुद्ध कानुनी ढोका ढक्ढकाउने उनको भनाइ छ । एजेन्सीको सहयोगमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment