+
+

सतुंगलमा बिहीबार साँझदेखि लागेको आगो बिहान ४ बजे नियन्त्रण

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २० गते ९:४१

२० पुस, काठमाडौं । चन्द्रागिरि नगरपालिका–१६ सतुङ्गलमा बिहीबार साँझ ७ बजेदेखि लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा लिइएको छ । नेपाली, सेना, सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

दीपक कपास उद्योगबाट शुरु भएको आगो नजिकैकै आनन्द ट्रेड कन्सर्नमा पनि सल्किएपछि त्यहाँ भएको रसायनका कारण आगोले ठूलो रूप लिएको थियो ।

थानकोटस्थित महानगरी प्रहरी वृत्तका प्रमुख कुमारविक्रम थापाले उक्त आगलागीबाट मानवीय क्षति नभएको र क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिए । काठमाडौँ उपत्यकाका दमकलका साथै खानेपानीका ट्याङ्करसमेत आगो नियन्त्रणका लागि प्रयोग गरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?