Comments Add Comment

नेपालकै नमूना भनिएको तीनमुखे पुल निर्माण अलपत्र

२३ पुस, गुल्मी । गुल्मीको रिडीमा ४ वर्ष पहिले नेपालकै नमूना तीनमुखे पुल बन्ने भएपछि स्थानीय खुसी थिए ।

नेपाल सरकारका तत्कालीन मुख्य सचिव लिलामणि पौडेल र गुल्मी क्षेत्र नम्बर २ का संसद चन्द्र भण्डारीले ०७१ मंसिर १५ गते शिलान्यास गरेका थिए ।

तर, निर्माण कार्यसुस्त गतिमा चल्दा रिडीमा बन्न लागेको तीनमुखे पुल निर्माण गर्ने अबधि पूरा हुँदासमेत पुलको निर्माण आकारसमेत आउन सकेको छैन् ।

रुविना मना जे.भी कम्पनीले ०७४ सालको असार ९ गते निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माणको जिम्मा पाएपनि कामको कुनै प्रगति आउन सकेको छैन् ।

कुल ९ करोड ८८ लाख २६ हजार ३३२ लागतमा बन्न लागेको पुल निर्माणको जिम्मा नयाँ बाटो – रुबिना-मना जेबिले निर्माणको जिम्मा पाएका थिए । तीनवटा कम्पनीहरुले संयुक्त रुपमा उक्त पुल निर्माण गर्न जिम्मा पाएपनि कामको कुनै प्रगति छैन् ।

नेपाल सरकारको स्थानीय पूर्वाधार बिकास तथा कृषि सड्का बिभाग (डोलिडार)ले निर्माणका लागि ठेक्का प्रदान गरेको थियो । कुल ५ सय ४० मिटर लम्बाई रहने पुलका प्रत्येक तिनवटा लुठ्ठाहरुको लम्बाई १ सय ८० हुने ब्यवस्था रहेको छ ।

पुलको मुख्य पिलर मात्रै १७ मिटर तल गहिराइबाट निर्माण हुने गरी नक्सा तयार गरिएको हो । रिडीमा पुल बनेसँगै पुलको एउटा मुखबाट पस्ने मान्छे जुन जिल्लामा जान चाहृयो त्यही जिल्लामा जान सकिने गरी ब्यवस्थाको पुल निर्माण हुने नक्सामा उल्लेख छ ।

तीन जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल पाल्पा, गुल्मी, स्याङ्गजा जिल्लालाई जोड्ने कालीगण्डकीको रिडीमा निर्माण हुन लागेको नेपालकै नमूना तीन मुखे पुल लामो समयदेखि निर्माण कार्य नहुँदा सम्पन्न हुसकेको छैन् ।

नेपालको धार्मिक प्रर्यटकीय क्षेत्र रहेको गुल्मी जिल्लाको रुरु गाँउपालिका जोड्ने, पाल्पाको रुरु धाम, स्याङ्गजाको कारीकोट जोड्ने पुल नेपालकै नमूना झोलुङ्गृ्ेपुल निर्माण कम्पनीको ढिलाई हुँदा निर्माण कार्य अन्तिम चरणमा पुग्ने समयमा उल्लेख्या काम हुन् सकेको छैन् ।

हाल निमार्ण कार्य सम्पन्न हुने समयमा पुलको पिलर मात्रै निर्माण भएको छ । अहिले हालसम्म १० प्रतिशत पनि पूरा हुन नसकेको स्थानीय बताउछन् । पुल निर्माण भएमा त्यस क्षेत्रको धार्मिक र पर्यटकीय विकासमा सहयोग पुग्ने र कालीगण्डकीको करिडोर संगै रुरु क्षेत्रमा बन्न लागेको पुलले यस क्षेत्रको पर्यटन प्रवद्धनमा समेत सहयोग पुर्‍याउने कल्पना गरेका थिए ।

आउने एक वर्षभित्रमा काम सम्पन्न गर्ने गरि काम भइरहेको पुल निर्माणको जिम्मा नयाँबाटो -रुबिना-मना जेबिका प्रमुख महेन्द्र अधिकारीले बताए । काम गर्दै जाँदा ढिलाई भएको र अब आउने २०७६ साल मंसिर सम्ममा काम सम्पन्न हुने दाबी गरे ।

पुलको मुख्य पिलरको काम भइरहेको बताए । अरु फलामहरु लगायतका सामाग्रीहरु बनाउने कार्य चलेको बताए । नयाँ काम भएकाले पनि ठेक्दारले काममा ढिलाई गरेको रुरु गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमले बताए ।

निर्माण कम्पनीले काम गर्ने बिचमा रोकिने गर्नाले काममा ढिलाई हुँदै आएको छ अध्यक्ष गौतमले भने,’हाल फेरि कामको सुरुवात भएको छ यसले फेरि आशा जगाएको छ,’ काम सुस्त गतिमा भएको छ अध्यक्ष गौतमले भने, ‘खबदारी गरिरहेका छौ काम पूरा गर्न दवाब दिनुपर्ने भयो ।’

पुलको उल्लेख्या काम नभएपनि हाल सम्म २ करोड बढीको काम भएको पुल शिलान्यास कर्ता पूर्वसंसद चन्द्र भण्डारीले बताए ।

उनले तत्कालिन समयमा शिलान्यास कर्ता पूर्वमुख्य सचिव पौडेल र आफुले हालै केहि दिन पहिले अबस्था अबलोकन गरेको बताए ।

अबलोक पछि कामलाई तीव्र गतिमा लैजानको लागि आबश्यक तह तत्कासँग छलफल गरेर अगाडि बढाइने बताए ।

नेपालकै नमूना पुल भएकाले गुल्मीको भाग्यरेखा यसले कोर्ने काम गर्ने भएकाले यसलाई अलपत्र हुन नदिने पूर्वसंसद भण्डारीले बताए । पुल नहुँदा त्यस क्षेत्रका स्थानीयहरु बिभिन्न समयमा रिडीमा लाग्ने ठूलो मेलामा वारिपारी गर्न जोखेम मोलेर खोला वारी पारी गर्ने गर्दछन् ।

रिडीमा बन्ने पुलले जिल्लाको धार्मिक विषयबस्तुहरुको समेत प्रचार प्रसार हुने स्थानीयको आशा रहेको छ । नेपालमै नमुनाको रुपमा रिडीमा बन्ने तिनमुखे झुलुङे पुल बन्ने सुन्दा गुल्मेलीहरुमा खुसी ब्याक्त गरेका थिए ।

तर, कामले गति नलिदा अहिले भने आशालाई निरासामा पैदा गर्ने काम निर्माण पक्षबाट भइरहेको रिडी गुल्मीका स्थानीय चिरञ्जीवी ज्ञवालीले बताए ।

पुल बने सँगै गुल्मी, पाल्पा र स्याङजाका स्थानीयहरु सहजताका साथ एकै ठाउँमा जोडिने छन् । पुलका तीनवटै मुख मोटरबाटाको नजिकै रहने नक्सामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment