+
+

लागत ३० प्रतिशत घटाउने ब्लक बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २५ गते १६:२१

२५ पुस, काठमाडौं ।  एरेटेड कंक्रिट सेल्युलर (एएसी) ब्लक नेपाली बजारमा आएको छ।

यो ब्लकको प्रयोगबाट सम्पूर्ण आवासीय संरचना बनाउँदा इँटाको लागत २० प्रतिशत र श्रमिक खर्च ५० प्रतिश बढी घटाउन सकिने कम्पनीको दाबी छ।

समग्रमा निर्माण लागत ३० प्रतिशत भन्दा बढीले कटौती गर्ने कम्पनीको भनाइ छ। कम्पनीका अनुसार फ्लाई एसबाट बनेको यो ब्लकलाई वातावरणमैत्री मानिन्छ। रातो इँटामा जस्तो खेर जाने प्रतिशत शून्य हुन्छ। ब्लकलाई सिमेन्टमा आधारित एड्हेसिभ ‘ज्वाइन्टिङ केमिकल’ले जोड्न सकिन्छ।

यो ब्लकले संरचना तयार गर्दा भित्री भागमा प्लास्टर गर्नु पर्दैन। यसो हुँदा भित्री प्लास्टरमा लाग्ने सामान र श्रमिक खर्च जोगिन्छ। बाहिर १० एमएम मात्र प्लास्टर गरे पुग्ने भएकोले प्लास्टरमा प्रयोग हुने सिमेन्ट, बालुवा र श्रमिक खर्च जोगिने कम्पनीको तर्क छ।

गारोले कम स्पेस ओगट्ने हुँदा यो ब्लक प्रयोग भएको भवनका कोठा तुलनात्मक रुपमा फराकिला हुने कम्पनीले जनाएको छ। यो ब्लकबाट घर बनाउँदा स्टिल २० प्रतिशतले कटौती गर्न सकिन्छ। कम भार भएका भवन भूकम्पीय जोखिमको हिसाबले सुरक्षित हुने कम्पनीको भनाइ छ।

अग्ला भवनहरुको माथिल्ला तलाको गारोमा देखिने ओसिलोको समस्या नल्याउने यो ब्लक प्रयोग गर्दा प्लास्टरपछि १५ दिनसम्म नियमित क्युरिङ गर्नुपर्दैन। त्यस्तै, परम्परागत इँटाको तुलनामा यस ब्लकमा आगलागी थेग्न सक्ने क्षमता दोब्बर हुने कम्पनीले जनाएको छ।

एएसी ब्लक प्रयोग गरिएको भवनको भार कम हुने हुँदा भूकम्पप्रतिरोधी संरचना निर्माणमा यो राम्रो मानिन्छ । यो रातो इँटाभन्दा तीन गुणा हलुका हुन्छ। सले भवनको भार मात्र घटाउँदैन ढुवानी लागत पनि कम पर्ने जारी बिज्ञप्तीमा उल्लेख छ।
ब्लक आकारमा ठूलो हुने र गाह्रोमा पानी हाल्नु नपर्ने हुँदा कम समयमै भवन निर्माण सम्पन्न हुने समेत कम्पनीले दाबी गरेको छ। यो ब्लक भारतीय उत्पादक कम्पनी ‘क्रिस ह्वाइट ब्रिकेट’ एलएलपीको उत्पादन हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?