+
+

डिभिजन वनद्वारा घाइते बँदेलको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १४ गते १८:४६

१४ माघ, डोटी । डोटी जिल्ला सदरमुकाम सिलगढी नजिकै घाइते अवस्थामा जंगली बँदेल फेला परेको छ । दिपायल सिलगढी नगरपालिका-५ अन्तरगत दिपायल-सिलगढी सडकको नालीमा भेटिएको बँदेल डिभिजन वन कार्यालय डोटीले नियन्त्रणमा लिएको छ ।

स्थानीयले सडकको नालीमा घाइते अवस्थामा रहेको जानकारी दिएपछि डिभिजन बन कार्यालयको टोलीले उद्दार गरि ल्याएको सहायक बन अधिकृत सुरेन्द्र रोकायाले जानकारी दिए । ‘माथिबाट खसेर नालीमा परेको रहेछ, स्थानीयले खबर गर्नु भयो,’ रोकायाले भने, ‘त्यसपछि कार्यालयको टोली गएर उद्दार गरेका छौं ।’

रोकायाले पशु स्वास्थ्यकर्मीहरुसंग उपचारको बिषयमा छलफल भइरहेको जानकारी दिए । उनले थपे ‘पछाडिको दुवै खुट्टा टेक्न सक्ने अवस्थामा छैन, सायद ढाडमा चोट लागेको हुन सक्छ ।’ उपचार पश्चात निको भएपछि जंगलमा छोडिने रोकायाले बताए ।

वन डिभिजन कार्यालयको बा १ झ ९८२६ नं. को गाडीमा कार्यालयमा लगिएको छ । माथीबाट दोड्दै आएको बँदेल भिरमा चिप्लेर खसेको प्रत्यक्षदर्शीहरुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?