+
+

रत्ननगरमा सुकुम्बासीको तथ्यांक संकलन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १७ गते १८:०८

१७ माघ, चितवन । रत्ननगर नगरपालिकाभित्र रहेका सुकुम्बासीको तथ्यांक संकलनको प्रक्रिया सुरु गरिएको छ ।

उनीहरुको व्यवस्थापनका लागि आवश्यक जानकारी लिन सूचनामा आधारित तथ्यांक संकलनको काम रत्ननगर नगरपालिकाले अघि बढाएको हो ।

तथ्यांक संकलनमा नगरपालिका, लुमन्ती आवासका लागि सहयोग समुह र युएन ह्याविट्याटले साझेदारी गरेका छन् । बिहीबार यी तीन संस्थाबीच तथ्यांक संकलनका विषयमा अन्र्तक्रिया कार्यक्रम भएको छ ।

वास्तविक सुकुम्बासी पत्ता लगाउन उनीहरुको पारिवारिक पृष्ठभूमि, स्थायी बसोबास र अन्य ठाउँमा जग्गा भए नभएको, बैंक व्यालेन्स लगायतका विषयहरुको खोजी गरिने मेयर नारायण वनले बताए ।

मेयर वनले वास्तविक सुकुमवासीको पहिचान गरी उनीहरुको उचित व्यवस्थापनका लागि तीन संस्थाबीच सहकार्य गरी काम सुरु गरिएको बताए ।

कार्यक्रममा उपमेयर विमला दुवाडी, लुमन्तीका अभिलेख अधिकृत अनन्त बज्रचार्यसहित वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा विपन्न समुदाय व्यवस्थापन मञ्चका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?