+
+

प्रदेश ५ प्रदेशसभाले स्थापना दिवस मनाउने

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २० गते १९:५९

२० माघ, बुटवल । प्रदेश ५ को प्रदेशसभा सचिवालयले प्रदेशसभाको पहिलो बैठक बसेको दिनलाई प्रदेशसभा दिवसको रुपमा मनाउने भएको छ । प्रदेशसभा सचिवालयले माघ २१ गतेलाई प्रदेशसभा दिवसको रुपमा मनाउने निर्णय गरेको जानकारी गराएको छ ।

प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, मन्त्रीहरु लगायतको उपस्थितिमा मनाइने दिवसमा प्रदेशसभाद्वारा प्रकाशित प्रदेश दर्पणको लोकार्पण गर्नुका साथै उत्कृष्ट कर्मचारीहरु तथा मर्यादापालकलाई पुरस्कृत गर्ने कार्यक्रम समेत रहेको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

प्रदेशसभाको दोस्रो अधिवेशनमा ११ वटा विधेयक दर्ता भएका र हालसम्म १७ वटा विधेयक पेश भएका पुनले बताए ।

प्रदेशसभा गठन भएपछि प्रदेशसभाको २८ वटा बैठक बसेको र ३३ घण्टा २० मिनेट बैठक चलेको उनले बताए ।

प्रदेशसभाको चालु तेस्रो अधिवेशनमा १३ दिनमा १३ वटा बैठक बस्नुका साथै त्यस अवधिमा १३ घन्टा ३८ मिनेट बैठक सञ्चालन भएको पनि उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?