+
+

संवैधानिक आयोगका प्रस्तावित अध्यक्षविरुद्ध उजुरी आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २१ गते ८:३३

२१ माघ, काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न ५ संवैधानिक आयोगमा प्रस्तावित अध्यक्षविरुद्ध उजुरी आह्वान गरेको छ ।

संवैधानिक परिषद्बाट प्रस्तावित संवैधानिक आयोगका अध्यक्षको सुनुवाइ संसदीय समितिले गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुरुप अध्यक्षमा सिफारिस ५ व्यक्तिविरुद्ध सोमबार उजुरी आह्वान गरिएको हो ।

संवैधानिक परिषद्को गत माघ ६ गते बसेको बैठकले बालानन्द पौडेललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, डा. शान्तराज सुवेदीलाई राष्ट्रिय समावेशी आयोग र डा. विजयकुमार दत्तलाई मधेसी आयोगको अध्यक्षमा सिफारिस गरेको थियो । त्यसैगरी, थारु आयोगमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगमा समिम मियाँ अन्सारी सिफारिस गरिएका थिए ।

५ वटै आयोगमा सिफारिस अध्यक्षको सुनुवाइ प्रक्रिया थाल्दै  समितिले उनीहरुविरुद्ध उजुरी आह्वान गरेको हो । सिफारिस गरिएका व्यक्ति पदका लागि अयोग्य लागेमा स्पष्ट कारणसहित माघ २१ देखि फागुन १ गतेसम्म उजुरी दिन समितिले सबैमा आग्रह गरेको छ ।

उजुरीकर्ताले आफ्नो परिचय स्पष्ट खुलाउनु पर्नेछ । सूचनादाताले परिचय खोल्न नचाहेमा त्यसलाई गोप्य राख्ने भन्दै समितिले निधक्क भएर उजुरी गर्न आह्वान गरेको छ ।

उजुरी कार्यालयमा उपस्थित भएर तथा फोन तथा इमेलमार्फत समेत पठाउन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?