+
+

डडेल्धुरामा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरू

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २३ गते १३:३१

२२ माघ, डडेल्धुरा । डडेल्धुरामा पहिलो पटक राजपुर सामुदायिक वन उपभोक्ता समूहमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु भएको छ ।

जिल्लामा रहेका चार सय बढी सामुदायिक वन समूह मध्ये अमरगढी नगरपालिका-३ मा रहेको राजपुर सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु गरिएको हो ।

वन क्षेत्रलाई समुदायस्तरमा लगेर संरक्षण गर्ने उद्देश्यले साझेदारी कार्यक्रम लागू गरिएको हो ।

यससँगै जिल्लाका अन्य तीनवटा सामुदायिक वनहरुमा पनि वैज्ञानिक वन व्यवस्थापन गर्न लागेको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ । सल्लेरी वन राजपुरमा माउ रुख राखी कटान सुरु गरिएको छ ।

सल्ला प्रजातीको रुख मात्रै रहेको राजमपुर सामुदायिक वनलाई ६ भागमा विभाजन गरिएको छ । कूल २३६ हेक्टर क्षेत्रफल रहेको यस सामुदायिक वनलाई वैज्ञानिक वन व्यवस्थापनका लागि १० वर्षीय कार्ययोजना बनाइएको छ ।

पहिलो चरणमा सामुदायिक वनको २५.७७ मध्ये २.७ पुनरउत्पादन कटान अन्र्तगत ७ हजार १ सय क्यूफिट सल्लाको काठ काटिएको छ ।

नेपाल सरकारको नीति अनुरुप नै जिल्लामा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापनको काम सुरु गरिएको डिभिजन वन कार्यालय डडेल्धुराका डिभिजन वन अधिकृत बोधराज सुवेदीले जानकारी दिए ।

६० वर्षमा सल्लाको रुख परिपक्क भइसक्ने भएकाले उमेर बढी हुँदा रुखले उत्पादन नदिने, ठाउँ ओगटेर राख्नाले नँया विरुवा हुर्कन नपाउने, सूर्यको प्रकाश पनि रोक्ने भएकाले आर्थिक आयआर्जनसँगै वन बढाउन वैज्ञानिक वन व्यवस्थापन गर्न सुरवात गरिएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ ।

वनको विकास र रुखको वृद्धिका लागि सामुदायिक वनलाई विभिन्न भागमा विभाजन गरेर वैज्ञानिक वन व्यवस्थान सुरु गरिएको हो ।

वन व्यवस्थापन गर्दा र नगर्दा वनको विकास र वृद्धिमा के फरक पर्छ भन्ने मापन सजिलै हुने डिभिजनल वन अधिकृत सुवेदीले बताए ।

मौजुदा वनको मूल्य, उत्पादकत्व, सामाजिक र भौतिक वातावरणमा नकारात्मक प्रभाव नबढ्ने गरी एउटा वा बढी उद्देश्य अनुसार वन बाट लगातार उत्पादन र सेवा प्राप्त गर्ने प्रक्रिया अनुसार वैज्ञानिक वन व्यवस्थापन गरिन लागेको हो । उनले भने, ‘संभावना हुँदा हुँदै निम्तिएका समस्याहरुमा काठ/दाउरा उत्पादन पर्याप्त नहुँदा माग र आपूर्तिमा तालमेल मिलाउन कठिन भएको छ ।’

नेपालमा वाषिर्क रुपमा करिब ७ अर्ब बरावरको विदेश बाट कमसल खालको काठ आयात हुँदै आएकोले राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर परेको यसका साथै काठ प्रयोग हुने/गर्न सकिने ठाँउमा समेत आल्मुनियम आदिको प्रयोगले परनिर्भरता बढ्दै गएको, वन क्षेत्रको उत्पादन तथा उत्पादकत्वमा वृद्धि हुनुको सट्टा ह्रास हुँदै गएको रहेका छ ।

यहाँका अन्य वनहरुमा पनि वैज्ञानिक वन व्यवस्थापन गर्न वनका कर्मचारी, फेकोफन, सामुदायिक वनका अध्यक्ष लगायत पदाधिकारीहरुसँँग वैज्ञानिक वन व्यवस्थापन तालिम सैद्धान्तिक तथा स्थलगत अध्ययन पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?