+
+

पर्यटन मन्त्री भन्छन्– समृद्धिको लडाइँमा सरकार सफल हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १ गते ९:५८

१ फागुन, काभ्रे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकार समृद्धिको लडाइँमा विजयी हुने बताएका छन् ।

सोनाम ल्होछार सांस्कृतिक महोत्सव–२८५५ लाई तेमाल गाउँपालिका–५ नारायणस्थानमा मङ्गलबार सम्बोधन गर्दै मन्त्री अधिकारीले भने, ‘हामी जनताको स्वाभिमान उच्च राख्ने काम गर्दैछौँ, सरकार समृद्धिको यात्रामा विजयी हुन्छ ।’

मन्त्री अधिकारीले वर्तमान सरकार मुलुकको समृद्धि, विकास र अग्रगतिका लागि काम गरिरहेको बताए ।

उनले सरकारले पाँच वर्षको अवधिमा जनतासँग गरेका वाचा पूरा गर्ने दाबी गरे ।

मन्त्री अधिकारीले तेमाललाई सांस्कृतिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले निर्माण गर्न लागिएको तामाङ राष्ट्रिय सङ्ग्रहालयका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?