Comments Add Comment

घट्यो सुनको भाउ, चाँदीकाे मूल्य स्थिर

९ फागुन, काठमाडौं । निरन्तर बढिरहेको सुनको भाउ बिहीबार दुई सय रुपैयाँ घटेको छ ।  बुधबार प्रतितोला ६३ हजार ३ सय रुपैयाँ रहेकोमा बिहीबार ६३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

बुधबार नेपाली बजारमा सुनको भाउले पाँच वर्षअघिको ‘रेकर्ड’ भेट्याएको थियो । २०७० भदौ १२ गते सुनको भाउ ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य यो नै हालसम्मको उच्च हो । माघ मसान्तमा प्रतितोला ६१ हजार ८ सय रुपैयाँ कारोबार भएकोमा फागुन १ मा सुनको भाउ दुई सय रुपैयाँ घटेको थियो ।

अमेरिका-चीनबीचको व्यापार युद्धका कारण डलर कमजोर हुँदै गएकाले पनि सुनको मूल्य प्रभावित भएको व्यवसायी बताउँछन् । मार्च १ मा अमेरिका-चीनबीच पुनः वार्ता हुँदैछ ।

युरोपेली केन्द्रीय बैंकहरुले नै सुन स्टक राख्ने नीति अवलम्बन गर्नु, सेयर बजार कमजोर हुँदै जानु र बेरोजगारी बढ्दा सुनमा लगानी बढेर माग पनि बढेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।

महासंघका अनुसार बुधबार तेजाबी सुनको भाउ पनि बिहीबार तोलामा २ सय रुपैयाँ घटेको छ । बुधबार प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुन बिहीबार ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने स्थिर छ । बिहीबार चाँदी प्रतितोला ७ सय ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment