+
+

२७३ किलो चरेससहित मकवानपुरमा दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन ९ गते १३:३३

९ फागुन, हेटौंडा । मकवानपुर प्रहरीले ठूलो मात्रामा लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

कैलाश गाउँपालिका-१ डाँडाखर्कको बोल्ने लेकबाट २७३ किलो चरेशसहित सोही ठाउँका ४३ वषीय चन्द्रबहादुर घलान र धादिङ गजुरी गाउँपालिका-८ किरानचोकका ३६ वर्षीय  पशुपती भनिने जीवन तामाङलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट २६७ पोकामा रहेको चरेश र घलानको गोठमा चरेश बनाउनका लागि तयारी अवस्थामा राखिएको ५ वटा बोराको ११० किलो गाजाको धुलो बरामद गरिएको उनले बताए ।

बरामद भएको लागूऔषध चरेशको नेपाली बजारको मूल्य एक करोड मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई कानून अनुसार दुई वर्ष कैद र १५ देखि एक लाख रुपैयाँसम्म जरीवाना हुनसक्ने प्रहरी उपरीक्षक सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?