Comments Add Comment

राजपाको प्रदेश २ स्तरीय बैठक जनकपुरधाममा

१० फागुन, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) को प्रदेश २ स्तरीय बैठक जनकपुरधाममा सुरु भएको छ ।

पार्टीका ६ जना अध्यक्षसहित संघीय सांसद, प्रदेश सांसद, प्रदेशका मन्त्री, स्थानीय जनप्रतिनिधि समेतको सहभागितामा बैठक बसेको छ ।

शुक्रबारदेखि सुरु भएको बैठक तीन दिनसम्म चल्नेछ । बैठकको पहिलो दिन अध्यक्ष मण्डल, मन्त्री र समन्वयकर्ताबीच छलफल हुनेछ ।

शनिबार अध्यक्ष मण्डल, संघीय सांसद, मन्त्री, प्रदेश सदस्य, जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, मेयर, उपमेयर, अध्यक्ष तथा उपाध्यक्षबीच छलफल हुनेछ ।

यस्तै, आइतबार अध्यक्ष मण्डल र जिल्ला अध्यक्षबीच छलफल हुने राजपाका महासचिव मनिष सुमनले जानकारी दिए । उनका अनुसार महाधिबेशनलाई मध्यनजर गर्दै बैठकको आयोजना गरिएको हो ।

पार्टीलाई मजबुत बनाउन तथा प्रदेश सरकारले गरेको कामकारबाहीको विश्लेषण गर्न पनि बैठक आयोजना गरिएको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बताए ।

उनका अनुसार पार्टीलाई कसरी मजबुत बनाउने र आपसी मतभेदहरु हटाएर कसरी राम्रो बनाउने त्यस बिषयमा गम्भीर छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment