+
+

दलित अगुवाको गुनासो : स्थानीय तहमा दलित सहभागीता प्रभावकारी भएन

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १७ गते १८:२२

१७ फागुन, वीरगञ्ज । स्थानीय तहमा दलित महिलाको अनिवार्य प्रतिनीधित्वको व्यवस्था भएपनि उपलब्धीमूलक हुन नसकेको गुनासो दलित अगुवाहरुले गरेका छन् ।

वीरगञ्जमा शुक्रबार आयोजित एक अन्तर्क्रियामा अगुवाहरुले स्थानीय तहमा दलित महिला सदस्यको सहभागीता अनिवार्य गरे पनि उपलब्धीमूलक नभएको बताएका हुन् ।

दलित महिला संघ पर्साकी अध्यक्ष निला रामले दलित समुदायबाट प्रतिनिधित्व गरेका महिलाहरुले दलित महिलाका सवालाहरुको उठान गर्न नसकेको गुनासो गरिन् । ‘जातीय छुवाछुत, महिला हिंसा जस्ता कारणले दलित महिलाको अवस्था एकदमै जटिल छ, तर त्यो बाहिर आउन सकेको छैन’ उनले भनिन् ‘कुनै घटना बाहिर आइहाले पनि गाउँमै मिलाउन खोजिन्छ, दलित समुदायको प्रतिनीधित्व गरेका महिला सदस्यहरु बोल्न सक्नुहुन्न ।’

अन्तर्क्रियामा वीरगञ्ज महानगरपालिकाकी उप प्रमुख शान्ति कार्कीले दलित समुदायबीच आपसी एकता र आन्तरिक छुवाछुतको अन्त्य नभएसम्म माथि उठ्न नसक्ने बताइन् ।

उनले दलित समुदायले आफ्ना सन्तानलाई शिक्षित बनाउन तर्फ जोड दिनुपर्ने धारणा राखिन् । ‘दलितको स्कुल भनिएको हुन्छ, खाली हुन्छ । शिक्षकले तलब खाएर बसेका छन्, कोहि गएर सोध्दैनन् किन पढाइ भएन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?