+
+

विद्यालयमा चोरी गर्ने दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १७ गते १८:५३

१७ फागुन, वीरगञ्ज । विद्यालयमा चोरी गर्ने दुईजनालाई प्रहरीले बाराबाट पक्राउ गरेको छ । प्रहरीले कोल्हवी नगरपालिका-२ बस्ने सूर्या भन्ने गोबिन्द चौधरी र वडानम्बर १ का सुदीप चौधरीलाई पक्राउ गरेको हो ।

फागुन १३ गते राति बाराको कोल्हवी नगरपालिका-१ स्थित अनुप दिपनी उच्च माविको पुस्तकालय भित्र रहेको ल्यापटप, प्रोजेक्टर, बुफर र आईडी कार्डसमेत चोरी गरेको आरोप उनीहरु माथि लागेको छ ।

इलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट खटिएको प्रहरी टोलीले बिहीबार उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारेको थियो । त्यसपछि घरकोठा खानतलासी गर्दा चोरी भएको मालसमान र धनीको पहिचान नभएको २ थान मोबाइल र हार्ड वेयरका सामानसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट पसलहरू फुटाउन प्रयोग गरिने फलामको रडसमेत फेला परेको दावी गरेको छ ।

उनीहरुविरुद्ध चोरी मुद्धामा बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?