+
+

भ्रष्टाचारका आरोपी कर्णालीको मुख्यमन्त्रीका सल्लाहकार !

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १० गते १९:०१

१० चैत,काठमाडौं । भ्रष्टाचार मुद्दाका आरोपीलाई कर्णाली प्रदेश सरकारले मुख्यमन्त्रीको प्रशासनिक सल्लाहकारमा नियुक्त गरेको छ ।

भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको रत्न गाहामगर मुख्यमन्त्रीको सल्लाहकार नियुक्त भएका हुन् ।

समाज कल्याण परिषदको तत्कालीन कोषाध्यक्ष रहेका मगरविरुद्ध अख्तियारले समाज कल्याण परिषदमा हुँदा रकम अनियमिततामा संलग्न रहेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपस्थित पार्कको जग्गा ठेकेदारलाई भाडामा दिँदा अनियमितता भएको भन्दै अख्तियारले मगरसहित परिषद्का तत्कालीन पदाधिकारीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तर, उनै मगरलाई गत चैत ९ गते बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्रीको प्रशासनिक  सल्लाहकारमा नियुक्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?