+
+

ग्लोबल आइएमई बैंक र राष्ट्रिय बीमा संस्थानबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १६ गते १८:३७

१६ जेठ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थानबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । यससंगै बैंकले संस्थानको संस्थागत अभिकर्ताको रुपमा ग्राहकलाई जीवन बीमासम्बन्धी सेवाहरु प्रदान गर्नेछ ।
सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंकका १३७ वटै शाखाहरु मार्फत राष्ट्रिय बीमा संस्थानको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र राष्ट्रिय बीमा संस्थानको तर्फबाट प्रशासक कवि प्रसाद पाठकले हस्ताक्षर गरे ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?