+
+

नेकपा सांसदले भने : सांसदलाई दिने पैसा बढाएर २० करोड पुर्‍याउनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २२ गते १:००

२१ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसदले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा सांसदलाई दिने रकम बढाएर २० करोड पुर्‍याउनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा बजेट छलफलमा भाग लिँदै नेकपा सांसद गणेश ठगुन्नाले उक्त कार्यक्रमको बजेट बढाएर आगामी दिनमा १५/२० करोड पुर्‍याउनुपर्ने बताएका हुन् ।

आगामी आर्थिक वर्षमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत निर्वाचन क्षेत्रमा खर्च गर्न ६ करोड बजेट छुट्याइएको छ । यो कार्यक्रमलाई जनताले मायाका साथ हेरेको भन्दै उनले यस कार्यक्रमबारे जथाभावी टिप्पणी गर्न नपाइनेसमेत बताए । ‘बाहिर रहेर संसदमा विचाराधीन विषयमा वकिल र पत्रकारले लेखेर यो कार्यक्रमका बारेमा टिप्पणी गर्न पाइदैन’ उनले भने ।

जनप्रतिनिधिहरु जनताको विकास निर्माणका योजनाहरु छनोट गर्न पाउँदैनन् यसमा संलग्न हुन पाउँदैनन् भन्नु जनप्रतिनिधिलाई कमजोर पार्ने, राजनीतिक दललाई कमजेर पार्ने र अन्तमा व्यवस्थालाई नै कमजोर पार्ने खेल भएको उनले आरोप लगाए । ‘विभिन्न कारणले फ्रस्टेसन भएका व्यक्तिबाट यो कुरा आएका छन्’ उनले भने ‘जितेपछि माग्ने, पराजय भएपछि विरोध गर्नुको कुनै तर्क हुन सक्दैन ।’

उनले स्थानीय पूर्वाधार विकास कार्यक्रमको विरोध गर्नेलाई आफूसँग चुनाव लड्न पनि चुनौती दिए । ‘म चुनौती के दिन चाहन्छु भने यो कार्यक्रमको विरोध गर्ने मान्छेहरुले यो कार्यक्रम चाहिँदैन भनेर हामीसँग चुनाव लडुन् यदि जमानत बचाएर आए भने टुँडिखेलमा सार्वजनिक अभिनन्दन गर्ने कुरा राख्न चाहन्छु’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?