+
+

१२ वटा सुन गोहोरोसहित मोरङमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २ गते १२:२७

२ भदौं, काठमाडौं । मोरङमा प्रहरीले १२ वटा दूर्लभ जनावर सुन गोहोरोसहित एकजनालाई पक्राउ गरेको छ ।

प्रचौ सिक्टीबाट खटिएको प्रहरी टोलीले सुनवर्षी नगरपालिका-८ हर्चगढीबाट पथरी शनिश्चरे नगरपालिका-६ का ५९ वर्षीय जसबहादुर धिमाललाई शनिबार साँझ पक्राउ गरेको हो ।

साइकलमा सिक्टीबाट डायनियातर्फ आउँदै गरेका जसबहादुरबाट चेकजाँचका क्रममा १२ वटा जिवित सुन गोहोरा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

उनले प्लाष्टिकको बोहोरामा राखेर सुन गोहोरो डायनिया तर्फ लैजाँदै थिए । पक्राउ परेका जसबहादुरलाई प्रहरीले कारबाहीका लागि डिभिजन वन कार्यालय मोरङ पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?